STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खड्का भए परराष्ट्रमन्त्री, शपथपछि आजै न्युयोर्क जाँदै

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन ६, बुधबार

काठमाडौं - कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् । बुधबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् ।

मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का आजै न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

Categorized in राजनीति