STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खनाल-नेपाल समूहका नेतालाई स्पष्टीकरण साेधिने

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ७, शनिबार

नेकपा एमालेको संसदीय बोर्डले एमालेको खनाल-नेपाल समूहका केही नेतालाई स्पष्टीकरण सोध्‍ने भएको छ ।

एमाले ब्युतिएपछि पार्टीभित्र समानान्तर गतिविधि गरिरहेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहका केही नेतालाई ओली पक्षको संसदीय बोर्डले स्पष्टीकरण सोध्ने भएको हो ।

कुनै कुनै ठाउँमा समूहगत भेला गरिएकाले पार्टी अध्यक्षले आजको बैठकमा स्पष्टीकरण लिन सक्ने संकेत गरेको सांसद शेरबहादुर तामाङले बताए । पार्टीभित्र गुटगत प्रवृत्ति र व्यवहार रहिरहेमा स्पष्टीकरण सोध्‍ने सम्बन्धमा निर्णय संसदीय दलको बैठकबाट भएको उनको भनाइ छ ।

'पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही संकेत गर्नुभएको छ । आजको बैठकबाट केही नेतालाई स्पष्टीकरणको दिशामा अगाडि बढिन्छ,' तामाङले भने ।

Categorized in राजनीति