STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खर्कदेखि गोठसम्मको सहयोगी भोटे कुकुर संरक्षण गरिँदै

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३१, मंगलबार

सामान्यतः कुकुर घरको सुरक्षाका लागि पालिने जनावर हो । कतिपय मानिसमा घरको सुरक्षाबाहेक कुकुर पाल्ने अनौठो सौख पनि हुन्छ । कुकुरका विभिन्न प्रजातिमध्ये विशेषतः हिमाली भेगमा पाइने भोटे कुकुरले घरको सुरक्षामात्र नभई सयौँको बथान भेडाबाख्रालाई नियन्त्रण गर्छभन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । सयौँको सङ्ख्याका भेडाबाख्रालाई चराउन लैजानका लागि हिमाली क्षेत्रमा यो कुकुर वरदान नै सावित भएको छ । विश्वमा नै अन्य कुकुरभन्दा विशिष्ट स्वरको धनी मानिने भोटे कुकुर साहसीमात्र नभई इमान्दार मानिन्छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले त्यही भोटे कुकुर संरक्षणका लागि समुदायलाई अभिप्रेरित गर्ने गरी प्रयास थालेको छ । लोप हुँदै गएको भोटे कुकुर संरक्षण गर्ने योजनालाई वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा सो कार्यका लागि रु दुई लाख विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय रुपमा नै रुचाइएको भोटे कुकुर लोप हुन थालेपछि संरक्षण योजना अघि सारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनुभयो । “भोटे कुकुर विश्वमा नै लोकप्रीय कुकुर हो, यो विशेष गरी अन्नपूर्ण गाउँपालिकाको दाङ्सिङ र घान्द्रुकमा पाइन्छ,” उहाँले भन्नुभयो, “शक्तिशाली, निडर एवं आज्ञाकारी गुणयुक्त यस कुकुरको बजारमा माग समेत अत्यधिक बढ्दै गएको छ ।” नेपालको उत्तरी भूभाग, भारतको उत्तरी भूभाग, तिब्बत र मङ्गोलियामा पाइने यो जातको कुकुर ठूलो टाउको र अजङ्को जीउ हुने गरेको छ । यो रिसाहा र आक्रामक स्वभावको कुकुर पनि हो । अति इमान्दार र बफादार स्वभावको हुने भएकाले भोटेकुकुर विश्वमै विशिष्ट ठहरिएको कुकुर विशेषज्ञ बताउँछन् । युरोप र अमेरिकामा यो कुकुरको माग अत्यधिक हुन्छ तर, मागअनुसार पूर्ति भने हुन सकिरहेको छैन । नेपालबाहिर एउटै छाउरा÷छाउरीको कम्तीमा पनि एक हजार २०० अमेरिकी डलरमा किनबेच हुने यो कुकुरको विश्व बजारमा उच्चतम मूल्य १५ लाख अमेरिकी डलर रहेको बताइएको छ । अन्नपूर्ण गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमका साथै बजेटमा संरक्षणको विषय उल्लेख गरेसँगै भोटेकुकुरले सञ्चारमाध्यममा चर्चा पाएपछि यसको माग अझै बढेको स्थानीयवासी बताउँछन् । सामान्यतः अन्य कुकुरले मासु खाने भए पनि यो कुकुरले भने मासु नभई कोदाको खोले खाने गरेको स्थानीयवासी बताउँछन् । बजार माग बढेसँगै सामुदायिक रुपमा नै भोटे कुकुरको उत्पादन बढाउने सोचका साथ समूहगत उत्पादनलाई प्रोत्साहित गरिने अधिकृत पौडेलले जानकारी दिनुभयो । यही साउन महीनादेखि नै उत्पादन केन्द्रित भई अनुदान सहयोग एवं प्रोत्साहनमूलक कार्यक्रम अघि बढाइने उहाँको भनाइ छ । पछिल्ला दिनमा अन्नपूर्ण क्षेत्रमा भोटे कुकुरका छाउरा रु ५० हजारदेखि एक लाखसम्ममा किन्ने गरी माग आउने गरेको पौडेलले जानकारी दिनुभयो । उत्पादन बढाएसँगै यसले स्थानीवासीको आयआर्जनमा समेत महत्वपूर्ण टेवा पु¥याउने विश्वास लिइएको छ । अन्नपूर्ण क्षेत्रमा पहिले पहिले ठूलो सङ्ख्यामा भोटे कुकुर पाइने गरे पनि पछिल्ला वर्षमा हराउँदै गएको गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले बताउनुभयो । विशेष गरी लेकाली क्षेत्रमा भेडी गोठ एवं पशु चौपायाको संरक्षणका लागि पुस्तौँ अघिदेखि भोटे कुकुर पाल्ने गरिएको उहाँले जानकारी दिनुभयो । “भोटे कुकुर सामान्यतः बाघ, चितुवालगायतका जङ्गली जनाबरसँग पनि डराउँदैन”, उहाँले भन्नुभयो, “यिनै कुकुरले भेडी गोठमा पालिएका भेडा दिनभर खर्कमा र रातमा गोठमा हेरचाह गर्ने गर्दछन् ।” शरीर पनि ठूलो हुने लडाकू स्वभावको भोटे कुकुरको जस्तो आवाज विश्वका अन्य कुनै पनि जातका कुकुरमा नपाइने बताइन्छ । अन्नपूर्ण गाउँपालिकामा पुख्र्यौली भेडापालन गर्दै आएका गुरुङले यी कुकुरले भेडी गोठमा जङ्गली जनावरका साथै अन्य बाहिरी व्यक्ति जो कोही आए पनि छिर्न नदिने गरेको अनुभव सुनाउनुभयो । सामान्य तालीमका भरमा पनि ठूला जिम्मेवारी बहन गर्ने भएकाले भोटे कुकुरलाई बौद्धिक रुपमा पनि राम्रो मानिन्छ । हिमाली क्षेत्रमा अत्यधिक हिउँ परेका ठाउँमा समेत जान सक्ने यस कुकुरको संरक्षणलाई गाउँपालिकाले चासो दिनु आफैँमा महत्वपूर्ण कदम भएको उहाँले बताउनुभयो । “भोटे कुकुर अन्नपूर्ण क्षेत्रको विशिष्ट पहिचानका रुपमा रहेको छ”, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले भन्नुभयो, “यसको संरक्षणमा स्थानीयवासीको जागरुकता अपरिहार्य छ ।” भोटे कुकुर संरक्षण गर्न क्याम्पनै सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिका अध्यक्ष कुँवरले अन्तर्राष्ट्रियरुपमै लोकप्रिय भोटे कुकुर गाउँपालिकामा पनि घटिरहेको अवस्थामा आफूहरुले संरक्षण गर्ने नीति लिएको बताउनुभयो । “गाउँपालिकाभरि अनुमानित १५० भोटे जातका कुकुर रहेको छ”, उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम नै समावेश गरेर अहिले ती कुकुरका अद्यावधिक लागतसमेत तयार पार्दैछौँ ।” नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले उहाँहरुलाई रु १५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गर्दै राम्रो गर्ने उद्यमी र किसानलाई प्रोत्साहित गरिएको बताउनुभयो । जुम्ला विधिवत घरेलु औद्योगिकतर्फ जुम्लामा उद्योग स्थापना गर्ने क्रम बढ्दो छ । साना उद्योग तथा घरेलु विकास समिति जुम्लाले चालू आर्थिक वर्षमा ४०२ वटा लघु, घरेलु तथा साना उद्योग दर्ता भएको जनाएको छ । ती उद्योगमा एक हजार ४८४ जनाले रोजगारी पाएको समितिले जनाएको छ । “समितिले सीपमूलक तालीम सञ्चालन गरेपछि जिल्लामा उद्योग दर्ता गराउनेको सङ्ख्यामा वृद्धि भएको हो”, कार्यालय प्रमुख हरिभगत श्रेष्ठले भन्नुभयो, “कार्यालयले सञ्चालन गरेको सीपमूलक तालीम अहिलेसम्म तीन हजार ७८७ जनाले लिइसकेका छन् ।” कार्यालयले रैथानेवाली प्रशोधन, सिलाई कटाइ, ढाका बुनाइ, हाते होजियारी, पलम्विङलगायत तालीम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । बाल विवाह कायमै जुम्लाको पातारासि गाउँपालिका–१, २ र ३ मा बाल विवाह हुने क्रम रोकिएको छैन । अन्धविश्वास, शिक्षाको कमी र देखासिकाका कारण वाल विवाह हुने गरेको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो । बाल विवाह न्यूनीकरण नभएसम्म सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउँदै उहाँले यसका लागि सम्बन्धित सबै पक्ष सचेत हुनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले कानूनले बन्देज गरेको कुरा समाजले मान्यता दिएको उल्लेख गर्दै बाल विवाह न्यूनीकरणका लागि विद्यालय स्तरदेखि सचेतनामूलक कार्यक्रम गरिने बताउनुभयो ।
Categorized in राष्ट्रिय