STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खसी, बोका र बाख्रा पाल्नेको पनि छानबिन गरौँ : रवि लामिछाने

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ ६, आइतबार

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मात्रै नभई कृषि अनुदानको रकम हिनामिना गर्नेहरूमाथि पनि छानबिन गरेर बाहिर पठाउनुपर्ने बताएका छन्। 

आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले प्रमाण जुटाएर कारबाही गर्ने आँट गरे हुने पनि बताए। 

‘प्रमाण जुटाएर कारबाही गर्ने आँट गर्नुभएको भए हुन्थ्यो। सहकारी ठगी गर्नेलाई मात्रै होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, हाँस, माछा, खसी, बोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔँ,’ लामिछानेले भने। 

Categorized in राजनीति