खाद्य सामग्री वितरणमा चिनियाँहरु
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३, शनिबार
विजयरत्न असंबरे
कोरोना महामारीको उदगम स्थल चीनका नागरिकहरु अहिले यो रोग विरुद्धको लडाईमा सघाइ रहेका छन् भने यहि क्रममा यहाँ नेपालमा चिनियाँहरुले खाद्य सामग्री वितरण गरेको छ । यसै क्रममा एक चिनिया परोपकारी संस्था चाईना फाउण्डेशन फर पोभर्टी एलिभिएसनले अलिबाबा फिलोन्थ्रोपीसंग सहकार्य गरेर दोस्रो पटक खाद्य सामग्री वितरण गरेको छ । ‘कोरोना भाईरस संक्रमण विरुद्ध नेपाली जनताको लडाईमा चीन साथ छ’ भन्ने मुख्य नाराका साथ चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकामा रहेका १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि यसरी सामग्री वितरण गरिएको हो भने स्माईलिङ चिल्ड्रेन प्रोगाम अन्तर्गत २ हजार ३ सय ८३ बोरा चामल, ५ केजी दाल र ३ लिटर तेल हस्तान्तरण गरिएको नेपाल प्रतिनिधि जोउ जिईक्वाङले जानकारी दिनुभयो । कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनले जनजीवन कष्टकर बन्दै गएको अवस्थामा चीनका जनताहरुको तर्फबाट यथोचित सहयोग गरेको पनि प्रतिनिधि जोउले बताउनुभयो । सो खाद्य सामग्री दुबै नगरपालिकाका १२ सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुलाई प्रदान गर्ने बताइएको छ । यस अघि सो संस्थाले विभिन्न नगरपालिका र प्रदेशहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) मास्क, सेनिटाईजर र खाद्य सामग्री वितरण गरेको थियो । Categorized in राष्ट्रिय


