STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकूद कार्यक्रम स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २३, शुक्रबार

राष्ट्रिय खेलकूद परिषद् राखेपले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले कोरोना भाइरसले पार्ने प्रभाव र जोखिमलाई न्यूनीकरण गर्न राखेपले खेल कार्यक्रम स्थगित गर्ने निर्णय गर्नपरेको बताउनुभयो । शुरु नभएका खेलकूद प्रतियोगिता तथा कार्यक्रम रोक्न सम्बन्धित खेलकूद सङ्घ संस्था तथा सरोकारवाला निकायलाई अनुरोध गरिएका उहाँले बताउनुभयो । सञ्चालन भइरहेका कार्यक्रम निर्धारित तालिकाअनुसार नै सम्पन्न हुने जनाइएको छ । दर्शकको भीड रहने भएकाले खेलूदका कार्यक्रम अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गर्नुपरेको राखेपले जनाएको छ । मन्त्री विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको प्रभाव र जोखिमलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरेको थियो । प्रिन्सको लगातार दोस्रो जित नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजमा लगातार दोस्रो जित निकालेका छन् । जर्मनीको बर्लिनमा बिहीबार भएको पुरुष यु–१९ एकलतर्फको खेलमा प्रिन्सले जर्मनीका बेन्नेट पिटर्सलाई २–० सेटमा पराजित गरे । जितसँगै प्रिन्स अन्तिम ३२ मा पुग्न सफल भएको जर्मनीमै रहेको उनका ब्यवस्थापक कमलेश निरौलाले जानकारी दिए । प्रिन्सले उक्त खेलमा जर्मनीका खेलाडी २१–१३ र २१–१२ अङ्कले पराजित गरेका थिए । यसअघि उनले अष्ट्रियाका लेनी सुदर्मालाई २–० सेटमा पराजित गरेका थिए । यसअघि प्रिन्सले यसैसाता नेदरल्यान्डमा भएको योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएका थिए । उनी प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेइका खेलाडीसित पराजित भएका थिए । विश्व ब्याडमिन्टन सङ्घले मङ्गलबार जारी गरेको जुनियरतर्फको विश्व वरियतामा प्रिन्स १०औँ स्थानमा पुग्न सफल भएका थियो । यो नेपाली ब्याडमिन्टन खेलाडीको हालसम्मकै ठूलो सफलता हो ।
Categorized in खेलकुद