STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खोजमूलक समाचारमा ध्यान दिन निर्देशन

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १२, बिहिबार

राष्ट्रिय समाचार समिति रासस का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको लहानस्थित रासस कार्यालयको निरीक्षण गरेको छ । प्रदेश नं १ स्तरीय प्रशिक्षण कार्यक्रम सकिएर राजधानी फर्किने क्रममा आज लहानस्थित कार्यालयको निरीक्षण गर्दै अध्यक्ष अधिकारीले कार्यालय व्यवस्थापनसँगै खोजमूलक समाचारमा बढी ध्यान केन्द्रित गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । टोलीमा राससका जिल्ला समाचारदाता संयोजक प्रकाश सिलवाल र कार्यकारी सम्पादक हरि लामिछानेको पनि सहभागिता थियो । रासस लहानका प्रमुख राजु विश्वकर्माले कार्यालयको अवस्था र समस्याबारे टोलीलाई अवगत गराउनुभयो ।
Categorized in राष्ट्रिय