STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ख्यातिप्राप्त अभिनेता मदनकृष्ण र पत्रकार विजयरत्न सहित दस जनालाई प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आश्विन २, मंगलबार

नेपाल चलचित्र विकास बोर्डको आयोजनामा असोज ३ गते पर्ने संविधान दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमूख आतिथ्यमा चलचित्र मार्फत सांस्कृतिक रूपान्तरण  पुरस्कार २०८० मंगलबार एक समारोह बीच प्रदान गरिएको छ । मंगलबार बिकास बोर्डको प्रेक्षालयमा सम्पन्न सो समारोहमा ख्यालिजुजु का रुपमा ख्यातिप्राप्त  हास्ककलाकार मदनकृष्ण श्रेष्ठ र अग्रज सिने पत्रकार विजयरत्न तुलाधर सहित १० जनालाई सांस्कृतिक रूपान्तरण पुरस्कार, २०८० प्रदान गरिने गरिएको छ ।

बोर्डका अध्यक्ष प्रसिद्ध अभिनेता भुवन के सि को सभापतित्वमा सम्पन्न पुरस्कार समारोहमा अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देेशक एवं बोर्डका निवर्तमान अध्यक्ष दयाराम दहाल, अभिनेता मुकुन्द किशोर भट्टराई, निर्माता श्याम सापकोटा, अभिनेत्री तथा निर्माता निर्देशक द्वयर रेखा थापा र दिपाश्री निरौला ,निर्देशक मनोज पण्डित र निर्देशक मीनबहादुर भामलाई उक्त पुरस्कार प्रदान गरेको हो । सो पुरस्कार जनही नगद पच्चीस् हजार रुपिंया सहितको रहेको छ ।

सामाजिक र शासकीय रूपान्तरणमा योगदान पुराएको भन्दै चलचित्रकर्मी र संस्थालाई यसै वर्षदेखि पुरस्कार  प्रदान गर्न शुरु  गरेको कुरा अध्यक्ष के सी ले बताए । बोर्डका सदस्य सचिव विशाल सापकोटाले स्वागत मन्तव्य राखेको सो समारोहमा चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिलाई पनि पुरस्कार दिएको छ ।

Categorized in साहित्य-कला