ख्यातिप्राप्त फोटोग्राफर राजीव श्रेष्ठले तीज तस्बिरहरू
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ भाद्र १३, सोमबार
अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दै आएका ख्यातिप्राप्त फेशन तथा व्यावसायिक फोटोग्राफर राजीव श्रेष्ठले तीजको अवसर पारेर वर्षेनी तीज विशेष फोटोशेशन गर्दै आइरहेका छन् । नेपालमा रहँदा यो उनको नियमित चर्याका रुपमा रहेको थियो । अमेरिकामा पुग्दा पनि उनले यो क्रम जारी नै राखेका छन् भने यस बर्ष पनि उनले अमेरिकामा महिलाहरुका तस्बिरहरु कैद सुन्दर तस्बीर खिंचेका छन् ।
तीन दशक भन्दा लामो समय देखि ग्ल्यामर फोटोग्राफरका रुपमा आफूलाई स्थापित गरेका श्रेष्ठले महान चाड हरितालिका तीज पर्वको अवसर पारेर
अमेरिकाको डिसी महानगर क्षेत्र( मेरिल्याण्ड ,डिसी तथा भर्जिनिया )मा रहेका महिलाहरुको सुन्दर तस्बिर खिच्ने कार्य सम्पन्न गरेका छन् । अमेरिकामा तीज फोटोशेशन सम्पन्न गरे पश्चात उनि मातृभूमि नेपाल केही समयको लागि आएका छन् ।
उनले अमेरिकामा पनि हरेक बर्ष ग्ल्यामर क्यालेन्डर ( मोहकता भित्रे पात्रो ) प्रकाशित गर्ने गरेका छन् । नयाँ तथा पुराना कलाकारको कलाकारितालाई पहिचान गरि सदैव हौशला प्रदान गरि उनीहरुको अन्तर निहित प्रतिभालाई प्रवर्द्धन गर्न उनी कहिल्यै पछी नहट्ने कुरा ससनाउँछन । यसको अतिरिक्त उनले नेपालका चाडपर्व,परम्परा ,कला ,संस्कृति आदिलाई विदेशमा पनि संरक्षण,जगेर्ना र प्रवर्द्धन गर्न कहिले सम्झौता नगर्ने बताउँछन् ।
बिश्वभरि पुगेका नेपाली महिलाहरुले तीज मनाउने क्रमसँगै महिलाहरु नाच-गान र खानपिनमा मात्र सिमित नराखी व्यवसायिक फोटोग्राफरबाट तीज फोटोशेशन गराउने चलन अचेल निकै लोकप्रिय हुदै गएको छ ।
नेपालमा रहँदा पनि तिज-पर्वलाई विभिन्न मोडेल,कलाकार तथा सेलेब्रिटी का तस्बिरहरु खिची प्रस्तुत गर्दै आएका श्रेष्ठले अमेरिकामा पनि यसरी फोटो खिच्न पाउँदा आफूलाई गर्व लाग्ने उनले बताए ।
तीजमा महिलाहरुले प्रयोग गर्ने रातो साडी,गर-गहना, कपडा र रंग (कलर) ले महिला चेलीबेटी /दिदीबहिनीहरुको तस्बिरहरु कलात्मक र सुन्दर देखिन्छ भन्ने राजीव श्रेष्ठले तीजमा कैद गरेका तीज बिशेष तस्बिरहरुले महिला दिदीबहिनीहरुलाई आफ्नो कला र संस्कृति प्रति महत्व झल्काउँछ र उनीहरुमा आत्मविश्वास बढाउने विचार फोटोग्राफर श्रेष्ठको रहेको छ ।
Categorized in साहित्य-कला

