ख्याति प्राप्त छायाँकार जावेद शाहको निधन
Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन १०, शनिबार
नेपाली चलचित्र जगतमाका ख्याति प्राप्त छायाँकार जावेद शाहको निधन भएको छ । शाहको बुधबार राजधानीको ठमेल स्थित आफ्नै निवासमा निधन भएको बताइएको छ । ७० वर्षिय शाहको मुश्लिम परम्परा अनुरुप बिहिबारनै अन्तिम संस्कार सम्पन्न गरिएको छ । यद्यपी शुक्रबार मात्र उनको निधनको खबर बाहिरिएको हो । छायांकार जावेद शाहले जीवनको अधिकांश समय नेपाली चलचित्र क्षेत्रको श्रीबृद्धीमा बिताए। छायांकन विधामार्फत उनले नेपाली चलचित्र क्षेत्रको सेवा गरे। कुनै जमानामा चलचित्र निर्माण गर्ने निक्र्यौल भएपछि खोजिने गरेका छायांकार शाहको बुधबार भएको निधनको खबर शुक्रबारमात्र बाहिरिएको हो। उनको आकस्मिक हृदयघातका कारण ठमेलस्थित निवासमै निधन भएको उनको निवास पुगेर फर्केका नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी गराए । प्राविधिक संघका अध्यक्ष लामाले स्व. शाहले संघको आयोजनामा भएका नेफ्टा फिल्म अवार्ड मा एक निर्णायक का रुपमा रहेर सहयोग गरेको कुरा स्मरण गरे । शाह केही वर्षयता चलचित्र क्षेत्रबाट सम्पर्क बिहीन भई पारिवारीक जीवन बिताउँदै आईरहेका थिए। ७० वर्षिय शाहको श्रीमती र २ छोरा छन्। उनको मुश्लिम परम्पराअनुसार अन्तिम संस्कार भईसकेको छ। तत्कालिन समयमा निकै रुचाइएका छायाँकार शाहको आकस्मिक हृदयघातका कारण निधन भएको चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिएका छन् । निर्देशक प्रकाश सायमीका अनुसार रुसमा चलचित्र अध्ययन गरेर फर्केपछि शाहले शुरुवाति समयमा केही डकुमेन्ट्रीहरुमा काम गरेका थिए । सन् १९८३ को चलचित्र बदलिदो आकाशमा एसोयिट छायाँकारका रुपमा काम गरि उनी चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । स्वर्गीय शाहले पूर्ण छायाँकारका रुपमा भने चलचित्र भाग्य रेखा बाट काम शुरु गरे । शाहले विजय पराजय, युग देखी युग सम्म, कसम, चोखे मायालगायत झण्डै डेढ दर्जन चलचित्रमा काम गरेका छन् । उनको अन्तिम चलचित्र भने सन् २००४ मा प्रदर्शन भएको बिजयरत्न तुलाधर निर्देशित मनको टुक्रा हो । खरो स्वभावका शाहले एक मैथली चलचित्रमा समेत काम गरेका छन् । स्वर्गिय शाहको परिवारमा ५६ वर्षिय श्रीमती र दुई छोरा छन् । Categorized in सिनेमा


