STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गणतन्त्र दिवसमा खुला दौड प्रतियोगिता

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार

गणतन्त्र दिवस २०७६ को अवसरमा आज पोखरामा खुला दौड प्रतियोगिता सम्पन्न भएको छ । सृजना विकास केन्द्र पोखराको आयोजनामा भएको आठ किलोमिटर दौडमा देवराज बस्नेतले २४ मिनेट ४९ सेकेण्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हासिल गरी नगद पुरस्कार रु १० हजार तथा प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यसैगरी सशस्त्र प्रहरीका ओमबहादुर जिसीले २७ मिनेटमा दौड पूरा गरी द्वितीय भई नगद रु सात हजार, तथा स्यालुट गोर्खा टे«निङका रिनाजन बुढामगर र टेकेन्द्र बोहोराले क्रमश ः तृतीय तथा सान्त्वना स्थान हासिल गरी क्रमशः नगद रु पाँच हजार तथा तीन हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक विक्रमकुमार खिचाजुले बताउनुभयो । सिर्जनाचोकबाट शुरु भएको दौड सिद्धार्थचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, पृथ्वीचोक, मुस्ताङचोक हुँदै सिर्जनाचोकमा पुगेर समापन भएको थियो । सो प्रतियोगितामा ७४ जनाको सहभागिता रहेको संयोजक खिचाजुले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कास्कीका अध्यक्ष कृष्ण थापाले देशमा गणतन्त्र स्थापना भई संविधान निर्माण तथा स्थिर सरकार बनेकाले अब विकास र समृद्धिमा सबै पक्षले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । सामाजिक सङ्घसंस्थाहरुले पनि सरकारले लिएको विकास र समृद्धिको अभियानमा साथ र सहयोग पु¥याउनुपर्ने भनाइ उहाँको छ । संस्थाका कार्यवाहक अध्यक्ष इन्द्र पौडेलले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य भएकाले ऐतिहासिक दिनको अवसरमा प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
Categorized in खेलकुद