STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता, मनाङे आउट

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २९, शुक्रबार

काठमाडौं - गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार थप ४ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नेपाली कांग्रेसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ मन्त्री बनेका छन् ।

कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा, जित प्रकाश आलेमगर र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री नबनाएर कांग्रेसकै जीतप्रकाश आलेलाई बनाउने बनेका हुन् ।

नियुक्त भएका मन्त्रीको आजै सपथ खुवाउने तयारी गरिएको छ । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले वैशाख १५ गते कांग्रेसकी सरस्वती अर्यात तिवारी र माओवादीकी सुशीला सिंखडालाई मन्त्री नियुक्त गरेका थिए ।

Categorized in राजनीति