STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गण्डकी प्रदेशमा ४७ थान हतियार बुझाइए

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

गण्डकी प्रदेशमा इजाजत नलिएका र नवीकरण नगरिएका ४७ थान हतियार सम्बन्धित व्यक्तिलेबुझाएका छन् । यस प्रदेशका ११ जिल्लामध्ये छ जिल्लाबाट सो सङ्ख्याका हतियार सङ्कलन भएको हो । 
हतियार बुझाउने जिल्लामा सवैभन्दा बढी लमजुङ जिल्लाबाट १७ थान हतियार बुझाइएको छ भने कास्कीबाट १४, स्याङ्जाबाट आठ गोरखाबाट चार, बागलुङबाट तीन र तनहुँबाट एक थान हतियार बुझाइएको गण्डकी प्रहरी प्रदेशका प्रवक्ता गोविन्द पुरीले राससलाई जानकारी गराउनुभयो । अन्य पाँच जिल्लाबाट हतियार बुझाउन कोही नआएको गण्डकी प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ ।
प्रदेशका पर्वत, म्याग्दी, मनाङ, मुस्ताङ र नवलपरासी ९पूर्व०का जिल्ला प्रहरी कार्यालयमा हतियार कसैले नबुझाएको देखिएको छ । गृह मन्त्रालयले २०७५ चैत १ गतेदेखि ३५ दिनभित्र त्यस्ता हतियार बुझाउन सूचना जारी गरेको थियो ।
Categorized in राष्ट्रिय