STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गरगहना परीक्षणमा क्षमता अभिवृद्धि तालीम सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २२, सोमबार

काठमाडौँ : भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा, बहुमूल्य पत्थर तथा गरगहना परीक्षणमा क्षमता अभिवृद्धि तालीम सम्पन्न गरिएको छ । भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा पाँच दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा सहभागी कर्मचारीलाई गरगहना परीक्षणमा अपनाउनुपर्ने विधिबारे प्रशिक्षण, यस क्षेत्रमा हुनसक्ने ठगी र पछिल्लो समयमा विकास भएका प्रविधिको प्रयोगसम्बन्धी जानकारी गराइएको थियो । भन्सार विभागका महानिर्देशक सुमन दाहालले नियामक निकायमा यस किसिमको गरगहनासम्बन्धी प्राविधिक तालीम पहिलोपटक उपलब्ध गराएकामा महासङ्घको सराहना गर्दै आगामी दिनमा देशभरका अन्य कार्यालयमा प्रशिक्षणको व्यवस्था गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वरिष्ठ भन्सार अधिकृत शम्भुप्रसाद मरासिनीले विज्ञको कमीका कारण भन्सार जाँचमा जटिल समस्या आइरहेको बेला यस परीक्षण तालीमबाट समस्या समाधान हुने बताउनुभयो । महासङ्घका अध्यक्ष रमेश महर्जनले देश विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्यको खाँचो औँल्याउँदै तालीमबाट राजस्व अभिवृद्धि र निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नौ कर्मचारी रहेको उक्त तालीमका प्रशिक्षार्थीद्वारा सुनचाँदी तथा गरगहना परीक्षणसम्बन्धी ठूलो ज्ञान पाएको अनुभव सुनाइएको थियो । 
Categorized in बिजनेस