STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गरिबीको सङ्ख्या शून्यमा झारिने

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ९, सोमबार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सन् २०२१ सम्ममा विद्यमान गरिबीको सङ्ख्या शून्यमा झार्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डले आज यहाँ आयोजना गरेको ‘एशिया प्रशान्त क्षेत्रमा रहेका सहकारी संस्थाको ११आँै वार्षिक भेला’ का अवसरमा मन्त्री अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक तुल्याउन सहकारी क्षेत्रलाई थप व्यावसायिक बनाउँदै लैजाने बताउनुभयो । उहाँले नेपालीको प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डलरमा पु¥याउन सहकारी, सरकारी एवं निजी क्षेत्रको समान लगानी सहयोग र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । सहकारी क्षेत्रले १५औँ योजना अवधिमा कूल लगानीको पाँच दशमलव चार प्रतिशत लगानी गरेर वार्षिक १७ हजार रोेजगारी सिर्जना गर्ने योजना बनाएको छ । दुई दिनसम्म आयोजना हुने उक्त भेलामा औपचारिक शिक्षाभित्र सहकारीले के कस्ता विषयलाई र कसरी समावेश गर्ने भन्ने विषयमा छलफल हुने बोर्डका उपनिर्देशक मुकेश कर्णले जानकारी दिनुभयो । देश विकास, समृद्धि एवं समाजिक न्याय निर्माणका लागि नेपालको संविधानले सहकारी क्षेत्रलाई अर्थतन्त्रको तीनमध्ये एक खम्बाका रूपमा लिएको छ । मुलुकमा झण्डै ३५ हजार सहकारी संस्था छन् ।
Categorized in राष्ट्रिय