STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गर्मीले जनजीवन कष्टकर

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २४, मंगलबार

विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि लाग्ने टन्टलापुर घाम चर्किदँै जाँदा दिउँसो पख सर्वसाधारणको दैनिकी निकै कष्टपूर्ण हुन थालेको छ ।
दिनभरिको तातो घामले अत्यधिक गर्मी बढेपछि घर÷पसलबाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासी बताउँछन् । गर्मीका कारण बजारमा मानिसको चहलपहलसमेत कम भएको छ । टन्टलापुर घाम लाग्ने र हावा नचल्दा आम नागरिकको दैनिक जीवनयापनसमेत प्रभावित भएको छ । गर्मीका कारण अस्पतालमा झाडापखला, रुघाखोकी तथा ज्वरोका बिरामीको चाप बढ्नुका साथै सर्पदंशको घटनासमेत बढ्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।
 
घाम तात्तिदै गएपछि जमीनमुनि बस्ने सर्प जमीन बाहिर निस्कन थाल्ने र सर्वसाधारणलाई टोक्ने क्रम बढेकाले जिल्ला अस्पतालसहित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप पनि बढ्दै गएको छ । 
Categorized in राष्ट्रिय