गाईजात्राको रौनक, व्यङ्ग्य प्रदर्शन
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३१, शुक्रबार
एक वर्षभित्र मरेका आफन्तको दिवङ्गत आत्माले मोक्ष प्राप्त गरून् भनी प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिनदेखि कृष्ण जन्माष्टमीसम्म सातदिन मनाइने गाईजात्राको दिन आज बिहानै कुखुरा नबास्दै भक्तपुर तलेजुस्थानबाट तलेजुको ताहामचा बनाई देश परिक्रमा गरेपछि यो जात्रा शुरु भएको हो ।[/caption]
त्यसपछि सर्वसाधारण मान्छेको मृत्यु भएकाको मृतात्माको प्रतीक ताहामचा बनाई भक्तपुर नगर परिक्रमा गर्ने गरिएको थियो । गाईजात्राका दिन वर्ष दिनभित्र मरेकामध्ये मृत्युसंस्कार गर्न नपर्ने अथवा उमेर नपुगेका बालबालिकाको साँचा बनाई नगर परिक्रमा गर्ने प्रचलन छ ।
उमेर पुगेका ठूला व्यक्तिको मृत्युमा १५ हात लामो बाँसको तामचा बनाई नगर परिक्रमा गर्ने परम्परा भए पनि भूकम्पले टोलटोलमा टेको लगाइएकाले यस वर्ष सानोसानो ताहमचा बनाइएको थियो ।
जात्रामा करुण रस प्रधान गीतिलीला रामायणसमेत प्रदर्शन गरिएको थियो भने केहीले कालोमाटोको साँढे बनाई शृङ्गारपटारसाथ खटमा राखी केटाकेटीलाई आकर्षक तवरले सिँगारी बाजागाजासाथ बासा लुइके गरेर प्रदर्शन गरिएको थियो । जात्राको आकर्षणका रूपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच, भैरव नाच र माक प्याखं बाँदर नाच, लाखे नाच, विभिन्न देवीदेवताको नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ ।
[caption id="attachment_19274" align="alignnone" width="900"]
विभिन्न घर तथा टोलबाट निकालिएको गाईजात्रा दरबार स्क्वायर, बालाखुणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराउने गरिन्छ ।[/caption]
जात्रा समापनका क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाचसमेत निकालिएपछि आजको जात्रा समापन भएको थियो । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको तमाचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य ताहमचा र सबभन्दा पछि नकिङजु अजिमाको तमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीनपटक परिक्रम गरेपछि जात्रा समापन गरिएको थियो । जात्राकै क्रममा विभिन्न व्यङ्ग्य एवं कार्टुनसमेत प्रदर्शन गरिएको थियो ।
Categorized in सिनेमा


