STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गाउँपालिकाका विद्यालय समायोजन

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाका सात विद्यालय समायोजन गरिएको छ । विद्यार्थीको सङ्ख्या नपुगेपछि राष्ट्रिय आधारभूत विद्यालय९१–३० लाई नजिकको अर्को विद्यालयमा समायोजन गरिएको हो । 
गाउँपालिकाका शिक्षा अधिकृत दीपक सिग्देलका अनुसार वडा नं २ स्थित राष्ट्रिय आधारभूत विद्यालय घुर्केशलाई सोही वडामा रहेको राष्ट्रिय आधारभूत विद्यालय मायाटार, वडा  नं ३ मा रहेको पन्थ राष्ट्रिय आधारभूत विद्यालय डुडेलाई माझ गाउँ मावि, वडा नं ३ मा रहेको  राष्ट्रिय आधारभूत विद्यालय डहकीलाई शिवज्योति कमेरे राष्ट्रिय आधारभूत विद्यालयमा समायोजना गरिएको छ । 
त्यस्तै वडा नं ४ मा रहेको इच्छाकामना राष्ट्रिय आधारभूत विद्यालय सोतालाई अमरदीप राष्ट्रिय आधारभूत विद्यालय वेलडाडाँ, वडा नं ५ मा रहेको शान्ति राष्ट्रिय आधारभूत विद्यालय ढालालाई ज्ञानज्योति मावि ढुंग्रे, वडा नं ६ मा रहेको देवज्योति राष्ट्रिय आधारभूत विद्यालय याकराङलाई राष्ट्रिय आधारभूत विद्यालय चनौटे र वडा नं ७ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय रैबुङलाई राष्ट्रिय आधारभूत विद्याल आधामारामा  समायोजन गरिएको छ । 
 
समायोजनमा परेका ती विद्यालयमा बाल कक्षा भने यथावत रहेको छ । विद्यार्थी सङ्ख्या वृद्धि भई समुदायले पुन सञ्चालन गर्न चाहेमा स्थापित गर्न सहज हुने र भौगोलिक विकटताका कारण  ससाना बालबालिका हिड्न नसक्ने भएकाले बालविकास कक्षा भने सञ्चालन गरिएको शिक्षा अधिकृत दीपक सिग्देलले  बताउनुभयो । 
 
Categorized in राष्ट्रिय