STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गायिका जलजला परियारको दुबै मिर्गौला बिग्रियो, सहयोग अभियान संचालन

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १२, शुक्रबार

सुमधर स्वरकी धनी ‘नेपाली तारा सिजन ३’ बाट आफुलाई चिनाउन सफल होनहार गायिका जलजला परियारको दुईवटै मृगौलाले काम गर्न छोडेर हाल काठमाडौं महाराजगञ्जस्थित टीचिङ हस्पिटलमा उपचार गर्दै हुनुहुन्छ ।

गरिबी परिवारमा हुर्केकी गायिका जलजला परियारको दुईवटै मिर्गौलाको उपचारको लागि ठूलो रकमको आवश्यकता परेको पीडित परिवारबाट जानकारी दिएको छ ।

पीडित परिवारले गायिका जलजला परियारको उपचारको लागि सम्पूर्ण संगीतकर्मी, कलाकर्मी लगायत देश विदेशमा बस्नुहुने सम्पूर्ण सहयोगी हातहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गरेको छ ।

रकम जम्मा गर्नका लागि ग्लोबल आईएमई बैंकको खाता नम्बर ३५०७०१०००३५७६ सार्वजनिक गरेको छ । साथै खातावालको नाम नारायण बहादुर दर्जीको नाम पनि सार्वजनिक गरेको छ ।

यस्तै, गायिका जलजला परियारको उपचारमा सहयोग गर्न मन भएका सहयोगी हातहरुको लागि सम्पर्क व्यक्ति र सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ ।

९८४३६०३००५ (नारायणबहादुर दर्जी), मिर्गौला रोगी गायिका जलजला परियारको बुबा ।

९८५१०६७१८४ (मधुर संगीत विद्यालय), योगेन्द्र उपाध्याय

९८०३३१२६६८ (दश म्यूजिक प्रा.लि.)

९८४१४५९९७१ (शंकर थापा स्माइल)

९८४१६१६८९८ (डि.पी. खनाल)

९८४९१६९८९१

Categorized in अपराध-दुर्घटना