STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गाेंगबुँ हत्या प्रकरण : पक्राउ परेकी महिलाले हत्या स्विकारिन्

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २७, मंगलबार

काठमाडौँ – गोंगबुमा भएको विभत्स हत्या प्रकरण प्रहरीले चितवनबाट पक्राउ गरेका महिलालाई  काठमाडौं ल्याइएको छ । ती महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले चितवनमा सोमबार पक्राउ गरेका थिए । उनलाई म‌ंगलबार बिहान काठमाडौं ल्याइएको हो । रोल्पा स्थायी घर भई दाङ बसाइँसराइँ गरेर हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको विभत्स हत्या गरी फरार भएको आरोपमा ती महिलालाई पक्राउ गरिएकाे थियाे । हत्या आरोपित महिलालाई थप प्रमाण संकलनका लागि अहिले घटनास्थलमा लगिएको छ । घटनास्थल नजिकैको एक घरमा भाडामा बस्दै आएकी उनले राति बोलाएर बोहराको खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेकी छन् । महिलाले हत्यामा प्रयोग गरेको खुकुरी पनि बरामद गरेको छ । महिलाको कोठाबाटै प्रहरीले मृतक बोहराले लगाउने कपडासमेत फेला पारेको स्रोतले बताएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।
Categorized in अपराध-दुर्घटना