STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गीतमा ‘जातीय भेदभाव’ विरुद्धकाे आवाज

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २९, बिहिबार

काठमाडौँ – जातीय विभेदविरुद्ध सञ्चरकर्मी एवं कलाकार प्रकाश बराइली (अभिव्यक्ति) को ‘जातीय भेदभाव’ नामक गीत सार्वजनिक भएको छ । २१ औँ शताब्दीसम्म आएर पनि दलितमाथि हरेक प्रकारका दमन, अत्याचार, शोषण, हत्याहिंसाको सो गीतमा कलाकार गायिका बिन्दु बिसी र प्रकाश बराइलीकै आवाज रहेको छ । गीतमा बराइलीको शब्द, गायक सङ्गीतकार रमेश विक्रम रत्नको सङ्गीत रहेको छ । भिडियोमा चर्चित कलाकार शिव विक, चन्द्र शर्मा, शङ्कर बिसी, शिवन पोखरेल, होम धिताल, राकेश शोनी, टीका भुजेल, प्रकाश बराइली अभिव्यक्ति, ध्रुव हिमाली, निर आले मगर, राजकुमार रायमाझी, राजु रिजाल, दिपाशा बिसी, रिना थापामगर, आशा भुसाल, अनिता बस्नेत, मैना रेश्मी मगर, वर्षा शिलवाल, उषा सुवेदी, रितु तामाङ, सोनम गुरुङ, बिन्दु बिसी, बन्दना नेपाल, आइसा राईलगायतको अभिनय रहेको छ । गीतमा पछिल्लो समयमा जातीय भेदभाव तथा छुवाछूतका कारण देशैभरि भएका घटनालाई समेत समावेश गरिएको गायक बराइलीले जानकारी दिनुभयो । त्यसैगरी गायिका सीता रसाइलीले जातीय भेदभावमा आधारित तीज गीत ‘वर्ष दिन बितेको’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गर्नुभएको छ । सङ्गीतकार बिबी अनुरागीको शब्द र सङ्गीत र गायिका रसाइतीको स्वर रहेको सो गीतमा समाजमा व्याप्त वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चितका लागि सबै सचेत भई लाग्नुपर्ने गीतको मूल भाव रहेको छ । विभेदका घटनामा भत्र्सना र विरोध मात्र होइन, कानूनलाई व्यवहारमा लागू गर्नुपर्छ भन्ने सन्देश गीतमार्फत दिइएको छ ।
Categorized in सिनेमा