STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गुथि विधेयक मुद्दालाई लिएर शनिबार विशाल खबरदारी मोटरसाइकल ¥याली

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ८, आइतबार

सरकारले संसदमा दर्ता गरिएको गुथि ऐन विधेयक फिर्ता लिने घोषणा गरिएता पनि आन्दोलनरत् गुथियार लगायत विभिन्न संघसंस्थाले सरकारलाई खबरदारी गर्न आउँदो शनिबार असार १४ गते काठमाण्डौंको नयाँ सडक बाट विशाल मोटरसाइकल ¥याली आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाः ब्यांक्वेटमा आज आइतबार आयोजित गुथि विधेयक विषयक वृहत्त भेलाले यसरी मोटरसाइकल ¥याली आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त भेलाले असार ९ गते सोमबार खबरदारी कोणसभा उपत्यकाभरी आयोजना गर्ने, यसैगरी असार २० गते बसन्तपुरमा केन्द्रीकृत सभा आयोजना गर्ने, गुथि विधेयकलाई लिएर संस्कृतिविद्, कानूनविद्, गुथियार लगायत बृहत छलफल आयोजना गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

गुथि विधेयकविरुद्ध संयुक्त प्रतिरोध कार्यक्रमको आयोजनामा भएको उक्त कार्यक्रममा सो कार्यक्रमका संयोजक डा. महेशमान श्रेष्ठ, जनजाति आन्दोलनका अगुवा नेता मल्ल के. सुन्दर, बरिष्ठ कानूनविद् शंकर लिम्बू, ज्यापु महागुथि नेपाःका अध्यक्ष राजभाई जकःमि, ज्यापु समाज यलका पूर्व अध्यक्ष एवं सांसद चन्द्र महर्जनले अधिकार सुनिश्चितताको लागि थप संघर्ष आवश्यकता भएको विचार व्यक्त गर्नुभएको छ ।

नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले संचालन गर्नुभएको उक्त कार्यक्रममा श्रीकृष्ण महर्जन, पवित्र बज्राचार्य, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि, राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठ लगायत विभिन्न संघर्ष समितिका अध्यक्षहरुले आ–आफ्नो विचार राख्नुभएको थियो ।

Categorized in राजनीति