STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गुरु नानक जयन्ती मनाइँदै

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २६, मंगलबार

शिख धर्मका प्रवर्तक गुरु नानकको ५५०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कात्र्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुवात् उहाँले गराउनुभयो । गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु गन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गरिएको स्वामी गोकुलानन्दले राससलाई जानकारी दिनुभयो । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाइँदैछ । यसैगरी प्रमुख वैष्णव सम्प्रदायमध्ये निम्बार्क सम्प्रदायका प्रवर्तक जगद्गुरु निम्बार्कको जन्मजयन्ती पनि आजै मनाइँदैछ ।
Categorized in राष्ट्रिय