गुह्येश्वरीमा सडेको शव फेला
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ७, आइतबार
काठमाडौं– पशुपति गुह्येश्वरीमा आइतबार सडेको अवस्थामा एकजनाको शव भेटिएको छ ।
प्रहरीले जनाएअनुसार टाउको सडेको हुनाले शवको सनाखत हुन सकेको छैन ।
एक साताअघि मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।
शवलाई पोष्टमार्टमको लागि शिक्षण अस्पताल, महाराजगंज पठाइएको छ ।
Categorized in अपराध-दुर्घटना