STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गृहमन्त्रीको अभिव्यक्ति र सिरोहिया पक्राउबारे कांग्रेसले माग्यो जवाफ

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १२, शनिबार

काठमाडौं- बालुवाटारमा बसेको प्रमुख दलका नेताहरुको बैठक सकारात्मक भएको कांग्रेसले बताएको छ।

बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक भएको र कार्यदलमा छलफल भइरहेको बताए।

लेखकले आजको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसँग कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ बारे ध्यानाकर्षण गराएको बताए।

आफूहरुले सिरोहियालाई पक्राउ गरिएको तरिकाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए।

त्यस्तै उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा कांग्रेसमाथि लगाएको आरोप बारेसमेत ध्यानाकर्षण गराएको बताए। आफुहरुले प्रधानमन्त्रीको जवाफको अपेक्षा गरेको बताए।

लेखकले सहकारी प्रकरणमा व्यक्तिको नाम लेख्ने भन्दा पनि बचतकर्ताको रकम फिर्ता हुनुपर्ने आफूहरुको प्रमुख अडान रहेकाले बचतकर्ताको रकम फिर्ता कसरी हुन्छ भन्नेमा छानबिन केन्द्रित हुनुपर्ने बताए।

Categorized in राजनीति