गृहमन्त्री बादलले दर्ता गरे उम्मेदवारी
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २४, शुक्रबार
एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
शुक्रबार हेलिकोप्टरमार्फत हेटौँडा पुगेका गृहमन्त्री बादलले उम्मेदवारी दर्ता गरेका हुन् । बादलको प्रस्तावक बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छिन् ।
यसअघि स्थायी कमिटीको बैठकले उम्मेदवार बनाउने निर्णय गरेपछि गृहमन्त्री बादल हेलिकोप्टरमार्फत बागमती प्रदेश राजधानी हेटौँडा पुगेका थिए ।
६ जेठमा हुने बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।
यसअघि बादल २०७४ सालमा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि बादल एमालेतिरै बस्ने निर्णय गरेपछि बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि पदमुक्त भएका थिए ।
Categorized in राजनीति

