STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गृह मन्त्रालयबारे छलफल गर्न माओवादी केन्द्रकाे बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १६, सोमबार

काठमाडाैँ- आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ । आजको बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ ।

यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भएपनि रावि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो । नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी गुमाउनुभएको थियो ।

आईतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै उहाँले पुनः गृहमन्त्रीको दाबी गर्नुभएको छ । माओवादीले पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको हो ।

Categorized in राजनीति