गोंगबुँमा शुटकेशभित्र टाउको विनाको शव भेटियो
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २५, आइतबार
काठमाडौं – काठमाडौंको गोंगबुँमा शुटकेशमा फालिएको अवस्थामा एउटा शव प्रहरीले फेला पारेको छ ।
अन्दाजी ४०–४५ वर्षका देखिने पुरुषको टाउको विनाको शव शुटकेशमा राखेर गोंगबुँ गणेशस्थानमा फालिएको भेटिएको थियो ।
प्रहरीले घटनास्थलबाट २०० मिटर पर टाउको फेला पारेको जनाइएको छ ।
प्रहरीले घटनास्थलमा तालिमप्राप्त कुकुरसहित ठूलो संख्यामा प्रहरी परिचालन गरी अनुसन्धान थालेको छ ।
अहिले शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
मृतक पुरुषको पहिचान खुल्न सकेको छैन ।
Categorized in अपराध-दुर्घटना