STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गोंगबुँमा हत्याकाण्ड पछाडि ‘सेक्सुअल ह्यारेसमेन्ट’ !

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २७, मंगलबार

काठमाडौं – गोंगबुँमा भएको विभत्स हत्याकाण्ड पछाडि ‘सेक्सुअल ह्यारेसमेन्ट’ रहेको खुलेको छ । चितवनबाट सोमबार पक्राउ परेकी महिलाले प्रहरी सामु सेक्सुअल ह्यारेसमेन्ट भएकै कारण आवेशमा हत्या गरेको प्रारम्भिक बयान दिएकी छिन् । फेसबुकमा चिनजान बढ्दै गएको र पछि आफ्ना अन्तरङ्ग तस्बिरहरु सामाजिक सञ्जालमा हालिदिने धम्की दिएपछि आवेशमा हत्या गरेकी बयान उनले दिएकी हुन् । निद्राको औषधि खुवाई बेहोश बनाएपछि घनले अण्डकोषमा प्रहार गरी हत्या गरेको, पनि शव फाल्न टुक्रा टुक्रा पारेको तिनले प्रहरीसामु बताएको खुल्न आएको छ । मंगलबारमात्र ती महिलालाई चितवनबाट काठमाडौं ल्याइएको थियो । हत्यापछि उनी चितवन भागेकी थिइन् । पक्राउ परेकी कल्पना शाहीलाई घटनास्थलमा लिएर घटनास्थलको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग भएका विभिन्न सामानसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार हत्यामा २ वटा खुकुरीको प्रयोग भएको पाइएको छ । गोंगबु गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको शव वीभत्स रूपमा भेटिएको थियो ।
Categorized in अपराध-दुर्घटना