STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गोंगबुमा ट्याक्सी जलाइयाे

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २२, बिहिबार

काठमाडाैं - काठमाडौंको गोंगबुमा एकाबिहानै अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन्। प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

उनका अनुसार सो ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको हो। प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ भने ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ।

सविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै प्रचण्ड नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेको थियो ।

बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएका छन्। एसएसपी सिंहका अनुसार अहिलेसम्म हड्ताल गर्दै हिड्ने ५६ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Categorized in अपराध-दुर्घटना