STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २२, बुधबार

गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने अर्को पदमार्ग पनि व्यवस्थित गरी सञ्चालनमा ल्याइएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै जाने सो पदमार्ग सुधार गरिएको हो । साथै रसुवाको धुञ्चे हुँदै जाने मुख्य पदमार्ग पनि यथावत छ । हिन्दू र बौद्ध धर्मालम्वीको अस्थाको केन्द्रको रूपमा रहेको गोसाइँकुण्डसम्म पुग्न पर्यटकीय पदमार्ग तथा प्राकृतिक सुन्दरतासँग रमाउन चाहनेका लागि यसअघिदेखि नै कायम रहेको काठमाडाँैको सुन्दरीजलबाट पैदलयात्रा शुरु गरेर चिसापानी, कुटुङसाङ्ग भङ्गनीगोठ, छहरेपाटी, घोप्टेभिर, फेदी हँुदै सूर्यकुण्ड÷गोसाइँकुण्ड पुग्ने पैदलमार्ग व्यवस्थित गरी सञ्चालनमा ल्याइएको लाङटाङ गोसाइँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाले जानकारी दिनुभयो । ती दुवै पदमार्ग हुँदै यात्रा गर्दा दुई दिनमा गोसाइँकुण्ड पुग्न सकिन्छ । रसुवाको गोसाइँकुण्ड र नुवाकोटको सूर्यकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेलालाई व्यवस्थित गर्न पैदलमार्ग शुरु गरिएको उहाँको भनाइ थियो । सुन्दरीजलबाट नुवाकोटवासी तथा अन्य पर्यटकका लागि विदुर नगरपालिका– ५ गङ्गटेबाट अर्थात् काठमाडौँको टोेखा–छहरे सडक मार्ग हँुदै खरानीटारसम्म पुगेर त्यहाँबाट समुन्द्रटार, रामती, घ्याङ्फेदी, तालुकसेरी हुँदै फेदी निस्केर सूर्यकुण्ड÷गोसाइँकुण्ड पुग्न सकिने व्यवस्था मिलाइएको छ । होमस्टे ९घरबास० समिति, लाङ्टाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको विभिन्न उपसमिति, आमा समूहलगायतको सक्रियतामा पदमार्ग सञ्चालन गरिएको घ्याङ्फेदीका बासिन्दा रञ्जमान तामाङले बताउनुभयो । पदमार्ग हुँदै गोसाइँकुण्ड जाने तीर्थालुका लागि ठाँउठाँउमा सुविधा सम्पन्न होटल सञ्चालन गरिनाका साथै अहिलेका लागि स्वंयमसेवकमार्फत सुरक्षा व्यवस्था, खाद्यान्न आपूर्ति, पथप्रदर्शक, भरिया, औषधोपचार, थर्पु ९अस्थायी होटल०, शौचालयलगायतको व्यवस्था गरिएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो । गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेला साउन २० गते सोमबार पुत्रदा एकादशीदेखि शुरु भएको छ । उक्त मेला यही साउन ३० सम्म मनाइने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिव डिएमले जानकारी दिनुभयो । उहाँका अनुसार यस तीर्थयात्राको अबधिमा दुबै पदमार्गबाट करीब १५ हजार तीर्थालुले मेला भर्ने अनुमान गरिएको छ । गोसाइँकुण्ड समुन्द्री सतहबाट चार हजार ३०० मिटरको उचाइमा छ । पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाईं हँुदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा पुगेर गोसाइँबाबा ९ भगवान् शिवशङ्कर० ले बोकेकोे त्रिशूलले हिर्काउँदा गङ्गाजल निस्केको र त्यहाँ गोसाइँकुण्ड बनेको किम्बवदन्ती छ । गोसाइँकुण्डमा जनैपूर्णिमा र गङ्गादशहरा पर्वका अवसरमा मेला लाग्ने गर्छ ।
Categorized in राष्ट्रिय