STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ग्रामीण भेगमा पाठेघर समस्या

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १२, बिहिबार

पातारासी गाउँपालिका– ५ की ८५ वर्षीया लाउरी बुढाले बुधबारदेखि सञ्चालन भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गर्नुभयो । उहाँको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो । उहाँले भन्नुभयो, “सधँै गनाउने सेतोपानी झर्ने, ढाड दुख्नेजस्ता लक्षण देखिएकाले स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो ।” त्यस्तै अर्का स्थानीय ६५ वर्षीया काली बुढाको पनि स्वास्थ्य परीक्षणमा पाठेघरकै समस्या देखियो । गाउँपालिकाका स्वास्थ्य उपसंयोजक रतन बुढ्थापाका अनुसार निःशुल्क उपचारसहितको स्वास्थ्य परीक्षणमा यहाँका अधिकांश महिलाको पाठेघरमा समस्या देखिएको छ । उहाँले भन्नुभयो, “महिलाको पाठेघरमा समस्या देखिनुको प्रमुख कारण भनेको कलिलै उमेरमा विवाह गर्नु, प्रजनन अङ्ग परिपक्व नहुँदै बच्चा जन्माउनु, बढी बोझिला काम गर्ने र पोषणयुक्त खानाको आभाव नै हो ।” उहाँका अनुसार यहाँको घरदैलोमै निःशुल्क स्वास्थ्य परीक्षण गरी महिलाका पाठेघरमा देखिएका समस्याका विषयमा औषधि उपचारदेखि जटिल समस्या देखिएका महिलालाई सुविधा सम्पन्न अस्पतालमा पठाउने व्यवस्था गरिएको छ ।
Categorized in राष्ट्रिय