STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घरघडेरी व्यवस्थापनका निम्ति समिति

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २८, मंगलबार

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमि व्यवस्थापनको काम पाल्पाको रामपुर नगरपालिकाबाट शुभारम्भ गर्ने बताइरहँदा रामपुरमा अव्यवस्थित घरघडेरी व्यवस्थापनका लागि सहयोग समिति गठन भएको छ । 
नगरपालिकाअन्तर्गत साविकको रामपुर गाविसले लगत अद्यावधिक गरेको घरघडेरीको जग्गाधनी प्रमाणपुर्जा पाउनेबारे प्रक्रिया अघि नबढेपछि रामपुरका सरोकार पक्षको भेलाले समिति गठन गरेको हो ।
जग्गा दर्ता आदेशअन्तर्गत  जग्गा दर्ता समितिलाई सहजीकरण गर्दै समन्वय गर्न देवेन्द्रप्रसाद पोखरेल संयोजक रहेको ११ सदस्यीय जग्गा दर्ता सहजीकरण समन्वय समिति गठन भएको हो । 
भेलामा रामपुरको अव्यवस्थित घरघडेरीको लालपुर्जा वितरण सन्दर्भमा भएका काम, कार्यविधि र समस्याका विषयमा छलफल भएको छ  । यहाँ अव्यवस्थित रुपमा रहेका आठ सय ५६ घरघडेरीलाई आर्थिक वर्ष २०७५÷०७६ मा नै व्यवस्थित गर्ने मन्त्री अर्यालको भनाइ थियो । गत वैशाखमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको नेतृत्वमा पाँच सदस्यीय जग्गा दर्ता समिति बनेको थियो ।
रामपुरमा विगतदेखिको अव्यवस्थित घरघडेरी व्यवस्थित गरी आफ्नो जग्गाको मालिक आफैंँ बन्न पाउने गरी सरकारले रामपुर जग्गा दर्ता समिति गठन आदेश जारी गरेसँगै बनेको पाँच सदस्यीय समितिसँगै समन्वय गर्न फेरि अर्को समिति तयार पारिएको हो । 
भेलामार्फत नै समितिसँग समन्वय र सहकार्य गर्दै कामको निगरानी गरे काम छिटोछरितो रुपमा अगाडी बढाउन दवाव हुने भएकाले समिति गठन गरेर अगाडि बढेको स्थानीयवासी राजुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय