STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घरदैलोमा सेवा पु¥याउँदै वडा कार्यालय

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २३, बिहिबार

रामपुर नगरपालिका–१ वडा कार्यालयले प्रदान गर्ने सेवासुविधालाई नागरिकको घरदैलोमा पु¥याउन थालेका छन् । 
 
स्थानीय सरकारको प्रत्याभूति दिलाउने उद्देश्यले कार्यालयबाट प्रदान गर्ने सेवासुविधालाई नागरिकको घरदैलोमा पु¥याउन थालेको हो । यसका लागि वडा कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र रहेका गाउँगाउँ र टोलटोलमा जनप्रतिनिधि तथा कर्मचारी पुगेर सेवासुविधा दिन थालेका छन् । 
रामपुर नगरपालिकाकै दुर्गम र विकटमा पर्ने यस वडाका नागरिकलाई वडा कार्यालयमा पुगेर सेवा लिन घण्टौँ लाग्ने र सास्ती भोग्नुपर्ने भएकाले यसको निराकरणका लागि कार्यालयबाट खटिएका कर्मचारी र जनप्रतिनिधिले गाउँगाउँ र टोलटोलमा पुगेर सेवा दिन थालिएको वडाध्यक्ष मित्रलाल कँडेलले बताउनुभयो ।
“नगरको विकट भूभागमा रहेकाले सामान्य कामका लागि वडा कार्यालयमा पुग्न नागरिकलाई सास्ती छ, वडाका जनप्रतिनिधि र कर्मचारी नै गाउँगाउँमा गएपछि धेरैलाई वडा कार्यालय धाउनुपर्ने झञ्झट नै हट्यो”, उहाँले भन्नुभयो ।
स्थानीय सरकारको अनुभूति दिन र नागरिकलाई सहज र छिटो सेवा प्रवाहका लागि वडा कार्यालयले घरदैलो, टोल, बस्ती र गाउँगाउँमा पुगेर सेवा दिन शुरु गरेको अध्यक्ष कँडेलले बताउनुभयो । 
नेपाली नागरिकताको सिफारिश, जन्मदर्ता, विवाह दर्ता, बसाइँसराइलगायतका विभिन्न सिफारिश, स्वास्थ्य परीक्षण जस्ता सेवाहरु नागरिकलाई प्रदान गरिएको वडा सचिव तारानाथ पोखरेलले बताउनुभयो ।
“गाउँमै सेवा पाएपछि नागरिकलाई ठूलो राहत मिलेको स्थानीयवासी विष्णु विकले बताउनुभयो । घरायसी कामधन्दा नै छाडेर सामान्य कामका लागि भए पनि एक–दुई घण्टाको पैदल हिँडेर सेवा लिन वडा कार्यालय जानुपर्ने समस्या थियोे”, विकले भन्नुभयो, “यसरी गाउँमै सेवा पाएपछि सिंहदरबार गाउँमै आएको अनुुभूति भएको छ ।” 
स्वास्थ्योपचारलगायतका विविध सेवा गाउँघरबाटै प्राप्त गर्नुभएका स्थानीयवासी नारायणकुमार मल्लले खुशी हुँदै भन्नुभयो, “सामान्य कामका लागि पनि वडा कार्यालयमा पुगेर फर्कंदा घरको काम एक दिन गर्न नपाइने अवस्था थियो, वडाले गाउँमै सेवा दिन थालेपछि समयको बचतसँगै छिटो र सजिलोसँग सेवा पाएकामा खुशी लागेको छ ।” 
यस वडाले नगरमा नै नमूना अभ्यास शुरु गरेको छ । दूरदराजका नागरिक अझै पनि घण्टौँ समय लगाएर सामान्य सेवा लिन वडा कार्यालयमा जानुपर्ने बाध्यता छ । वडा कार्यालयको पहुँचदेखि टाढा रहेका नागरिकलाई मध्यनजर गर्दै गाउँगाउँमा यस्ता कार्यक्रम अन्य स्थानीय तह र वडाले गर्न सक्यो भने सिंहदरबार गाउँमै आएको अनुुभूति आम नागरिकले गर्न पाउनेछन् । 
Categorized in राष्ट्रिय