STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घाँटी रेटिएको अवस्थामा भेटियो किशोरीको शव

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र ८, बिहिबार

सुनसरी- धरान उपमहानगरपालिका- १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचमा एकजना किशोरीको शव भेटिएको छ।

घाँटी रेटेर हत्या गरि फ्याँकिएको अवस्थामा किशोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। 

बुधबार दिउँसो साढे २ बजेतिर एकजना महिलाले बाख्रा चराउने क्रममा शव देखेकी थिइन्। शवबारे खबर आएपछि प्रहरीलाई जानकारी गराइएको धरान उपमहानगर १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राईले बताएका छन्।

खोल्सामा घोप्टो अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले शवभन्दा केही मिटर पर खुकुरी पनि फेला परेको छ। किशोरीको पहिचान खुलिसकेको छैन।

अहिले उनको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। प्रहरीले अनुसन्धान गरिरहेको छ।

Categorized in अपराध-दुर्घटना