STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घाइते सैनिकलाई काठमाडौँ पठाइयो 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

नेत्रविक्रम चन्द्र बिप्लव समूहद्वारा पोखरामा राखिएका बमलाई निष्क्रिय पार्ने क्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
सो बमबाट कालीभञ्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देब्रेहातको हत्केलामा क्षति भएको छ । उहाँको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी गराउनुभयो ।
नेत्रविक्रम चन्द बिप्लव समूहले आज पोखराको नदीपुरस्थित प्रदेशसभा नजीकको सडकको छेउमा सो बम राखेको थियो ।
यसैबीच पोखराको चिप्लेढुङ्गास्थित ट्रेडमल नजीकै शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम निष्क्रिय टोली सो स्थलमा पुगेर निष्क्रिय गर्ने तयारीमा जुटेका छन् ।
Categorized in राष्ट्रिय