घिसिङको कार्यकाल थप्ने प्रस्ताव आजको मन्त्रिपरिषद्मा राखिने
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २५, बिहिबार
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल थप गर्ने प्रस्ताव बिहीबार मन्त्रिपरिषद्मा पेश हुँदैछ ।
ऊर्जामन्त्री वर्षमान पुनले कार्यकाल थप गर्ने सम्बन्धमा बिहीबारको मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न लागेका हुन् ।
खुला प्रतिस्पर्धाबाट चार वर्षअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख भएका कुलमानको म्याद यही भदौ २९ गते सकिँदैछ ।
कुलमानले नेपालमा लोडसेडिङ्ग हटाउन सफल भएकाले घिसिङलाई नै पुनः ल्याउनेपर्ने व्यापक जनदबाब रहेको छ । त्यसैले बिहीबारको मन्त्रिपरिषद्मा पुनः दुई वर्षको लागि प्राधिकरणको कार्यकारी प्रमुख पुनः नियुक्त हुने सम्भावना बढेको छ ।
Categorized in राष्ट्रिय