STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चरेशसहित पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ८, बुधबार

काठमाडौँको बलम्बु क्षेत्रबाट १५ किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । केही व्यक्तिले लागुऔषध कारोवार तथा ओसारपसार गर्दै छन् भन्ने सूचनाका आधारमा मङ्गलबार साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले चरेशसहित पक्राउ गरेको हो । 
खोजतलास गर्ने क्रममा चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाबाट पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा एक महिला छन् ।
सालकको खपटासहित पक्राउ
गोङ्गबुबाट सालकको खबटासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले उनीहरुलाई सालकको खबटासहित पक्राउ गरेको हो । 
गोङ्गबुको विजी मल अगाडि शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेलापारी खानतलासी गर्दा उनीहरुले बोकेको झोलामा सालकको खपटा फेला पारेको परिसरका प्रवक्ता बोगटीले जानकारी दिनुभयो । मङ्गलबार पक्राउ परेका उनीहरुको साथबाट अन्दाजी तीन किलो खबटा बरामद गरेको र थप कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 
यसैबीच कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित गौतमकुमार विकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा भारत मोतीहारी घोडा सहनी घर भई हाल सोही स्थानमा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डु कुमारसहित सात जनालाई गए राति रु एक लाख ४९ हजार नगदसहित पक्राउ गरेको छ । 
Categorized in अपराध-दुर्घटना