STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्रकर्मीहरूले खोप लगाउँदा सकारात्मक सन्देश प्रवाह भएको ठहर

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण २५, सोमबार

नेपाल चलचित्र कलाकार संघले  सम्पूर्ण चलचित्रकर्मीहरूलाई कोभिड बिरूद्धको खोप लगाउनका लागि   गरेको  प्रयास  श्रावणको २४ गतेका दिन पुर्ण भएकोले खुशी व्यक्त गरेको छ ।

चलचित्र बिकाश बोर्डको समन्वयमा नेपाल चलचित्र संघ,नेपाल चलचित्र निर्माता संघ,नेपाल चलचित्र निर्देशक समाज,नेपाल चलचित्र प्रबिधिक संघ, नेपाल चलचित्र द्वन्द कलाकार संघ,नेपाल चलचित्र नृत्य संघ,सांगितिक संघ,आदिवासी जनजाती चलचित्र महासंघ,नृत्य निर्देशक संघ नेपाल लगायतका चलचित्रका पेशागत बर्गीय संघ/संस्थाको साथ सहयोगमा नेपाल चलचित्र कलाकार संघ(FAAN) को आयोजनामा पाटन स्थित अशोक पार्टी प्यालेसमा बिशेष प्राथमिकता का साथ १५२६ (पन्ध्रसय छब्बिस) चलचित्रकर्मीलाई कोभिड बिरूद्धको खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड बिरूद्धको खोप उपलब्ध गराउन सहयोग गर्नु गराउनु हुने नेपाल सरकार, स्वास्थ्य मन्त्रालय,तत्कालिन स्वास्थ्य सचिव लक्ष्मण अर्याल,खोप शाखाका प्रमुख झलक गौतम,

IHIMS/ IMU/MD का प्रमुख अनिल थापा,स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलाल ,स्वास्थ्य मन्त्रालयका अधिकृत नविन खडका लगायत खोप कार्यक्रममा सहभागी सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई सम्पुर्ण चलचित्रकर्मीको   तर्फबाट चलचित्र कलाकार संघले आभारका साथै साधुबाद व्यक्त गरेको छ ।साथै श्रावण २४ गते चलचित्रकर्मीलाई उत्साहबर्द्धन गर्न अतिथिको रूपमा आउनु भएका ललितपुर महानगरपालिकाका उप मेयर गीता सत्याल,ललितपुरका प्रमुख जिल्ला अधिकारी डुण्डी निरौला,चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल लगायत अतिथि एवं चलचित्रकर्मीहरूलाई पनि संघले आभार प्रकट गरेको छ ।

कोभिड बिरूद्धको खोप लगाउने अभियानमा अहोरात्र खटिनु हुने कलाकार संघका अध्यक्ष रविन्द्र खडकालगायत पदाधिकारी एवं सदस्यहरू तथा पेशागत संघ/संस्था का अध्यक्ष लगायत सदस्यहरूमा कलाकार संघले आभार व्यक्त गरेको कुरा संघका प्रवक्ता एवं उपाध्यक्ष मोहन निरौलाले हस्ताक्षर गरी पठाएको विज्ञप्तिमा जनाइएको छ । संघले चलचित्रकर्मीहरुलाई कोभिड बिरूद्धको खोप उपलव्ध गराउनका लागि समाचार सम्प्रेशण गरेर र हामीलाई प्रोत्साहन दिएर साथ सहयोग गर्नु भएका संन्चार संस्था र संन्चारकर्मीहरुलाई पनि हामी धन्यबाद दिएका छन् भने कोभिड बिरूद्धको खोप लगाउन बिश्वासका साथ उत्साहजनक रूपमा चलचित्र क्षेत्रका चर्चित अभिनेता अभिनेत्री,चरित्र अभिनेता अभिनेत्री,निर्देशक,छांयाकार लगायत प्रबिधिक ,नृत्य कलाकार ,नृत्य निर्देशक,द्वन्द कलाकार, द्वन्द निर्देशक,सिनेमा घरका प्रबिधिक , सिनेमा घर संन्चालक, चलचित्रका निर्माता,चलचित्रका बितरक,गायक गायिका, संगितकार , चलचित्रका लेखक ज्युहरूको सहभागिता भएकोमा  धन्यवाद दिएको छ ।

    यस अघि किर्तिपुर आर्युवेदिक अस्पतालमा संघका अध्यक्ष रविन्द्र खडकाको अनुरोधलाई स्वीकार गरी १०० जना कलाकारहरूलाई खोप उपलब्ध गराउन सहयोग गर्नु हुने डा. श्याम उप्रेती र डा. तारानाथ पोखरेललाई पनि संघले आभार प्रकट गरेको छ । 

संघले   यो खोप अभियानबाट समाजमा खोपको आबश्यकता र खोप लगाउनु पर्छ भन्ने सकारात्मक सूचना 

सम्प्रेशण भएको  बिश्वास लिएको बताइएको छ ।

Categorized in सिनेमा