STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्रको सङ्ख्याभन्दा गुणस्तरमा ध्यान दिन सञ्चारमन्त्री शर्माको अनुराेध

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र २२, बुधबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने समय आएको बताएका छन् ।

नेपाली चलचित्र उद्योगका विभिन्न सङ्घ/संस्थाका निर्वाचित कार्य समिति  पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता सङ्घले आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले चलचित्रको गुणस्तरीयता वृद्धिमा जोड दिएका हुन् ।

नेपाली चलचित्र क्षेत्रको विकास गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न लायक बनाउन चलचित्रकर्मीलाई लाग्न आग्रह गर्दै उनले यसमा आवश्यक कानून र नीति निर्माणको सवालमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चलचित्र क्षेत्रको नीतिगत कामका लागि सरकारी निकायका रूपमा चलचित्र बोर्ड सक्रिय रहेको उल्लेख गर्दै उनले बोर्डमार्फत चलचित्र क्षेत्रका समस्या र नीतिगत समाधानका उपाय केन्द्रीकृत गर्न आग्रह गरे ।

अहिले पनि नेपाली चलचित्र क्षेत्र २०२६ सालको ऐनद्वारा निर्देशित भएको उल्लेख गर्दै मन्त्री शर्माले हिजो श्यामश्वेत चलचित्र चलाउने कानूनले आजको डिजिटल युुगलाई प्रतिनिधित्व गर्न नसक्ने भएकाले चलचित्र ऐन परिमार्जन थालिएको बताए । 

अहिले चलचित्र बोर्डले मस्यौदा तयार गरिरहेको उल्लेख गर्दै उनले जतिसक्यो चाँडो मन्त्रालयबाट टुङ्ग्याएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । चलचित्र आम सञ्चार क्षेत्रको सशक्त माध्यम भएकाले यसलाई राजनीतिक र सामाजिक परिवर्तनको सन्देश प्रवाह गर्ने माध्यमका रूपमा पनि परिचालन गर्नु आवश्यक रहेकोमा उनले जोड दिए ।

नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिकनेपाली चलचित्र क्षेत्रको विकास गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न लायक बनाउन चलचित्रकर्मीलाई लाग्न आग्रह गर्दै उनले यसमा आवश्यक कानून र नीति निर्माणको सवालमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चलचित्र क्षेत्रको नीतिगत कामका लागि सरकारी निकायका रूपमा चलचित्र बोर्ड सक्रिय रहेको उल्लेख गर्दै उनले बोर्डमार्फत चलचित्र क्षेत्रका समस्या र नीतिगत समाधानका उपाय केन्द्रीकृत गर्न आग्रह गरे ।

अहिले पनि नेपाली चलचित्र क्षेत्र २०२६ सालको ऐनद्वारा निर्देशित भएको उल्लेख गर्दै मन्त्री शर्माले हिजो श्यामश्वेत चलचित्र चलाउने कानूनले आजको डिजिटल युुगलाई प्रतिनिधित्व गर्न नसक्ने भएकाले चलचित्र ऐन परिमार्जन थालिएको बताए । 

अहिले चलचित्र बोर्डले मस्यौदा तयार गरिरहेको उल्लेख गर्दै उनले जतिसक्यो चाँडो मन्त्रालयबाट टुङ्ग्याएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । चलचित्र आम सञ्चार क्षेत्रको सशक्त माध्यम भएकाले यसलाई राजनीतिक र सामाजिक परिवर्तनको सन्देश प्रवाह गर्ने माध्यमका रूपमा पनि परिचालन गर्नु आवश्यक रहेकोमा उनले जोड दिए ।

नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुुक भएकाले यसलाई राम्रोसँग चलचित्रमा प्रस्तुत गरेर राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्नसके चलचित्रको माध्यमबाट देशको समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास पनि उनले व्यक्त गरे ।

चलचित्र निर्माता सङ्घका केन्द्रीय अध्यक्ष नवल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली चलचित्र उद्योगका विभिन्न सङ्घ सङ्स्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यहरुलाई बधाई दिंदै सम्मान गरिएको थियो । सो कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन के सी , कलाकार संघका अध्यक्ष मोहन निरौला, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, द्वन्द निर्देशकं संघका अध्यक्ष नारायण प्रधान, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामि,चलचित्र संघका अध्यक्ष वीरेन्द्र नारायण श्रेष्ठ, विकाश बोर्डको पूर्व अध्यक्ष हरु राजकुमार राई र दयाराम दाहाल लगायतले चलचित्र क्षेत्रका विविध पक्षबारे आ आफ्ना धारणाहरु राखेका थिए ।

Categorized in सिनेमा