STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र कलाकार संघको अध्यक्षका पदका लागि ५ जनाको उम्मेदवारी घोषणा

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २५, सोमबार

नेपाली चलचित्रमा अभिनय गर्ने कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको महाधिवेशन आगामी चैत ४ गते हुँदैछ भने महाधिवेशन नजिकिएसँगै चलचित्रकर्मीहरु अहिले नेतृत्वमा आउनका लागि दौडधुपमा व्यस्त छन्। अहिले यसै सन्दर्भया संघको अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्दो छ।

यसैबीच, कलाकार संघको आसन्न चुनावमा पाका कलाकार मोहन निरौलाले पनि अध्यक्ष पदमा उठ्ने बताएका छन्। औपचारिक घोषणा नगरे पनि अध्यक्ष पदमा भिड्नको लागि तयारी भइरहेको उनले सुनाए। निरौला हाल संघको उपाध्यक्षका साथै प्रवक्ता समेत हुन्।

वर्तमान अध्यक्ष रविन्द्र खड्काले पनि आगामी कार्यकालको लागि आफूले उम्मेदवारी दिने बताएका छन्। आफूले सुरु गरेका कामहरु अधुरा रहेकाले उम्मेदवारी दिने सोच बनाएको उनले बताए।

यस्तैगरी अभिनेत्री रेजिना उप्रेतीले पनि चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। उनले फेसबुकमार्फत चैत ४ गते हुने संघको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जानकारी दिएकी हुन्। अध्यक्षको जिम्मेवारी पाएपछि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको प्रगतिको लागि लाग्ने उनको भनाई छ।

त्यसैगरि, केही दिनअघि अभिनेता सविन श्रेष्ठले पनि चलचित्र कलाकार संघको अध्यक्षमा भिड्ने घोषणा गरेका थिए। उनले फेसबुकमार्फत उम्मेदवारीको घोषणा गर्दै आफू सधैँ नेपाली चलचित्र तथा नेपाली कलाकारहरुको हकहित, साथ सहयोग र उन्नतिको लागि रात दिन सेवामा समर्पण हुने उल्लेख गरेका छन्।

अध्यक्ष पदकै लागि कलाकार सुशान्त कुमार श्रेष्ठले पनि फेसबुकमार्फत नै उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। केही समयपछि एजेन्डा र प्रतिबद्धता पत्र समेत निकाल्ने उनले उल्लेख गरेका छन्।

Categorized in सिनेमा