STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र निर्माता संघको अध्यक्षमा खड्का र महासचिवमा थापालगायत सम्पूर्ण कार्यसमिति निर्विरोध

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ भाद्र १६, बिहिबार

नेपालका चलचित्र निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघको भदौ १८ गते  हुने अधिवेशनको  लागि गरिएको निर्वाचन आह्वान गर्दा अध्यक्षमा अभिनेता, निर्देशक तथा निर्माता नवल खड्का बाहेक अरुको मनोनयन दाखिला नहुँदा उनी निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनभन्दा दुई दिन अगाडि बिहीवार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा अध्यक्ष पदमा चलचित्रकर्मी खड्काको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । पाँच वर्षपछि हुन लागेको निर्माता संघको चुनावी साधारण सभा यही भदौ १८ गते शनिवार सञ्चालन हुँदैछ ।

अध्यक्षसँगै निर्माता संघको सम्पूर्ण कार्यसमिति निर्विरोध चुनिएको छ । अध्यक्षपछिको महत्वपूर्ण पद महासचिवमा निर्माता सुनिलकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । थापा ‘ए मेरो हजुर’ सीरीजका निर्माता हुन् ।

संघको उपाध्यक्ष द्वयमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध चयन भएका छन् भने सचिवमा किसान पोखरेल तथा कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध चयन भएका छन् ।

संघका सदस्यहरूमा भने माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्र लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा निर्विरोध चयन भएका छन् ।

सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएपछि अब निर्माता संघले चुनावी साधारण सभाबाट औपचारिक रुपमा नयाँ कार्यसमिति घोषणा गर्नेछ ।

यसअघि आकाश अधिकारी पनि संघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए ।

Categorized in सिनेमा