STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र विकास बोर्डको सहयोगमा तामाङ चलचित्र ‘उर्गेन’ बन्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र ९, सोमबार

चलचित्र विकास बोर्डको सहयोगमा तामाङ चलचित्र संघले काठमाडौंको नारायणटारमा एक कार्यक्रम आयोजना गर्दै " उर्गेन" चलचित्रको शुभमुहूर्त गरेको छ। तामाङ भाषा, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित तामाङ चलचित्र ‘उर्गेन’को शुभारम्भ गरिएको हाे।

बोर्डको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने लक्ष्यसहित तामाङ चलचित्र संघलाई रु. ३ लाख ४५ हजार आर्थिक सहयोग उपलब्ध गराइएको बोर्डले जनाएको छ।

कार्यक्रममा बोल्दै वक्ताहरूले मातृभाषामा आधारित चलचित्रले समुदायको मौलिक संस्कृति संरक्षणसँगै पहिचानलाई बलियो बनाउने बताएका थिए।

‘उर्गेन’ चलचित्रले तामाङ समुदायको जीवनशैली, भाषा र सांस्कृतिक पक्षलाई समेट्ने अपेक्षा गरिएको छ। साथै, यस्ता चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्र थप विविध र समावेशी बन्ने विश्वास लिइएको छ।

Categorized in सिनेमा