चलचित्र विकास बोर्डलाई राज्यले बजेट उपलब्ध गराउनु पर्ने माग
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आषाढ १३, सोमबार
नेपाल चलचित्र कलाकार संघको आयोजनामा आइतबार नेपाली चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीहरूको अबस्था’ विषयक अन्तक्रिया सम्पन्न भएको छ । संघीय राजधानी काठमाडौंमा सो अन्तक्रिया सम्पन्न भएको हो ।
संघका अध्यक्ष रबिन्द्र खडकाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमूख अतिथी बिकाश बोर्डका सदस्य सचिब टंक महतले बिकाश बोर्डले समग्र चलचित्र उद्योग र चलचित्रकर्मीहरूको उत्थान का लागि प्रयासरत रहेको बताउँदै छिट्टै प्रभावकारी चलचित्र नीति ल्याउने बारे कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा चलचित्रकर्मी मोहन निरौला र सञ्चारकर्मी शान्तिप्रियले तयार गर्नुभएको अबधारणा पत्र मोहन निरौलाले बाचन गर्नुभएको थियो । अबधारणा पत्रमा अधिवक्ता एवं कलाकार कृष्ण ढुंगाना, सञ्चारकर्मी कृष्ण भट्टराई, सङ्गीतकार सन्तोष श्रेष्ठ र सञ्चारकर्मी डब्बु क्षेत्रीले टिप्पणी गर्नुभएको थियो ।
चलचित्र बिकाश बोर्डका पुर्ब अध्यक्ष दयाराम दाहालले बोर्डले महामारीको मारमा परेका चलचित्रकर्मीहरूलाई थोरै भए पनि राहत दिएको र आफ्नो कार्यकालमा चलचित्रकर्मीहरूको उत्थान र प्रोत्साहनका लागि स्टोरी बैकको अबधारणा कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
अभिनेता गोपाल ढकालले सहजीकरण गर्नुभएको कार्यक्रममा अभिनेता कृष्ण मल्ल, भुवन केसी, लय संग्रौला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, चलचित्र संघका पुर्व अध्यक्ष प्रदिपराज उदय लगायतका बक्ताहरूले चलचित्र कलाकार संघले चलचित्र कलाकार र उद्योगका प्रवर्द्धन का लागि आवाज उठाउँदै आएको स्मरण गर्दै चलचित्र नीति निर्माण भएको भए अविलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने नभए निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका अधिकांश वक्ताहरुले विदेशी चलचित्रबाट विकास शुल्क उठाएर चलचित्र विकास बोर्ड चलाउनु पर्ने चलन अन्त्य गरी राज्यका अरु साहित्यिक , प्राज्ञिक र खेलकुद लगायतका निकायहरुलाई जस्तै राज्यले बजेट उपलब्ध गराउनु पर्ने कुरामा जोड दिए ।
Categorized in सिनेमा

