STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र संघमा अध्यक्षका दुबै दावेदारहरुको प्यानल सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ चैत्र २, बिहिबार

नेपाल चलचित्र कलाकार संघको चैत ४ गते हुन लागेका निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका बरिष्ठ कलाकार मोहन निरौला र रेजिना उप्रेतीले अाआफ्नो प्यानल घोषणासहित एजेन्डा सार्वजनिक गरेका छन् ।

निरौलाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानलको उपाध्यदेखिक्ष सदस्यसम्मका उम्मेदवार घोषणा गरेका छन् भने उपाध्यक्षमा डीबी बम्जन र कविता गेलाल तथा महासचिवको उम्मेदवार सविन श्रेष्ठ रहेका छन् ।  निरौला प्यानलको सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल र सह-कोषाध्यक्षमा पवित्रा आचार्य (निर्विरोध) छिन् ।

उनको प्यानलमा सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल छन्दे , शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा उम्मेदवार छन् । बरिष्ठ कलाकार मोहन निरौलाले संघको भवन तथा कार्यालय व्यवस्थापन, सामाजिक सुरक्षा, कलाकारको वृत्ति विकासलाई एजेन्डा बनाएका छन् ।

यस्तैगरी नायिका रेजिना उप्रेतीले अध्यक्षमा उम्मेदवारी दिएकी छिन् । बुधबार चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीसहितको प्यानल घोषणा  गरे अनुसार दुई उपाध्यक्ष उम्मेदवारमा शिबहरि नेपाल ‘बैरागी’ र सरिता गिरी रहेका छन् । यसैगरी महासचिवको उम्मेदवारमा पनाह अधिकारी, सचिवको उम्मेदवारमा जीवन थापा र कोषाध्यक्षको उम्मेदवारमा बिनोदकुमार भट्टराई रहेका छन् ।

यस्तै रेजिनाको समुहबाट कार्यसमिति सदस्यहरुको उम्मेदवारमा रञ्जना खड्का (खुस्बु खड्का), खिन्न भण्डारी (भोला) निर्मल स्याङतान (बुद्धिमान), नितु कोईराला गौतम, दिनेश अवाल, दिलबहादु दोङ (डिबी) इश्वर बल्लभ उप्रेती, भिमसेन बजगाईं, राजकुमार कार्की, लक्ष्मण चौलागाई (खिम्तेकाका), राजेश गोसार्इं रहेका छन् ।

आफ्नो समुहको चुनावी घोषणपत्र समेत उनले सो कार्यक्रममा सार्वजनिक गर्दै संघमा निर्वाचिन भएको दिनबाटै सुझाब पेटिका राखेर सोही अनुसार काम सुरु गर्ने बताउँदै उनले विभिन्न ११ शिर्षकमा करिब ३० वटा योजनाहरु सो कार्यक्रममा सार्वजनिक गरिन् । आफुहरुले पुरागर्न सक्ने भएकाले यी ३० वटा योजनाहरु सार्वजनिक गरेको पनि उनले बताए ।

Categorized in सिनेमा