STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चाडपर्व विकृतिरहित ढङ्गले मनाऔँ मुख्यमन्त्री पौडेल

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १४, मंगलबार

प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताउनुभएको छ । उहाँले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो । संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने उहाँको भनाइ थियो । विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सांस्कृतिक र धार्मिक हिसाबमा सम्पन्न रहेको बताउनुभयो । उहाँले प्रदेश नं ३ सङ्घको राजधानी र देशको धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत राजधानी रहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पौडेलले बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भए पनि एकअर्काबीच सद्भाव, सम्मान र समभावका कारण नेपाली–नेपालीबीचको बलियो एकता रहेको बताउनुभयो । विजयादशमी, दीपावली, नेपालसंवत् तथा छठ पर्वका अवसरमा उहाँले देश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामनासमेत व्यक्त गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहाल, राष्ट्रिसभाका प्रत्यायोजन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, पूर्व जिल्ला सभापति तथा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० का केन्द्रीय सदस्य रामेश्वर राणा, संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, उपप्रमुख मीना लामा, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, नेपाली सेना प्रदेश प्रमुख, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतलगायतले विजयादशमीका अवसरमा शुभकामना आदान–प्रदान गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय