STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चार किलोमा पहिरो खस्यो, नारायढागढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ३, शुक्रबार

अविरल वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । हिजोदेखि परेको अविरल वर्षात्ले यस सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चार किलोडाडाँमा आज बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । पहिरो पन्छाउन जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन लामाले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना