STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चिकित्सक र कलाकार सम्मानित

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २४, शुक्रबार

उनानचालिसौँ नेपाल भाषा साहित्य तःमुँज्या अर्थात् बृहत् साहित्य सम्मेलनका अवसरमा लामो समयदेखि स्वास्थ्य सेवामा समर्पित चिकित्सक डा अशोकानन्द मिश्र र वरिष्ठ हास्यकलाकार धु्रवरत्न हाडा सम्मानित हुनुभएको छ । ‘जनता म्वाःसा भाषा म्वाइ’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नाराका साथ यहाँ सञ्चालन भइरहेको सो सम्मेलनमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उहाँहरूले पु¥याएको योगदानबारे चर्चा गर्दै सम्मानपत्र प्रदान गर्नुभएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय तहलाई बलियो बनाउन सके जनता र लोकतन्त्र बलियो हुने बताउनुभयो । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले देशको मुहार फेर्न इमानदार, चरित्रवान् र निःस्वार्थपूर्वक देश तथा जनताको सेवा गर्ने नेताको खाँचो भएको बताउनुभयो । वरिष्ठ पत्रकार भैरव रिसालले लिपुलेक र कालापानीको मुद्दा टुङ्ग्याउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयोे । संस्कृतिविद् हरिराम जोशी, सम्मानित व्यक्तित्वद्वय डा मिश्र तथा वरिष्ठ हास्यकलाकार हाडा, साहित्यकार मोहन दुवाल, लेखक नरेन्द्र प्रसाइँ, डा सरोज धिताल, कवयित्री इन्दिरा प्रसाइँ, सुलोचना मानन्धर, वरिष्ठ साहित्यकार लक्ष्मण राजवंशी, पूर्वजर्नेल प्रेमसिंह बस्न्यात, वरिष्ठ इन्जिनीयर राजदास श्रेष्ठ, प्रजिअ नारायणप्रसाद भट्टलगायतले साहित्यले ल्याउने सामाजिक क्रान्तिका बारेमा चर्चा गर्नुभएको थियो । उक्त सम्मेलनमा साहित्यकारहरू हरिबहादुर श्रेष्ठ नेमकिपाका अध्यक्ष बिजुक्छेदेखि साहित्यकाहरु सुलोचना सुवाल, मञ्जुमैया लाखाजु, जनकवि चन्द्रबहादुर उलक, हरिहर तिमल्सिना, टेक राना, प्रेम के निडर, अभय श्रेष्ठलगायतले आफ्ना कविता वाचन गर्नुभएको थियो । नाटक ख्याल र विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिने सो सम्म्मेलनमा आयोजक समितिका अध्यक्ष श्यामसुन्दर मातांले यहाँको संस्कृति, भाषा, साहित्य र कलाको उत्थान गर्न समसामयिक राजनीतिक विषयमा जनतालाई सचेत बनाउन हरेक वर्ष नेपालभाषा साहित्य तःमुँज्या हुँदै आएको बताउनुभयो । दुईदिने सो सम्मेलन आज मध्यरातिसम्म सञ्चालन हुने जनाइएको थियो ।
Categorized in राष्ट्रिय