STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चितवन २ मा रवि लामिछाने जितउन्मुख

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १२, मंगलबार

काठमाडौं - १० वैशाखमा भएको उपनिर्वाचनको मतगणनामा चितवन २ मा रवि लामिछाने निकै फराकिलो अग्रताका साथ जितउन्मुख देखिएका छन् ।

मंगलबार बिहानसम्म गणना भएको ४४ हजार मतमध्ये लामिछानेले ३१ हजार ७४८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठ निकै पछाडि छन् । उनले ६ हजार ३३५ मत ल्याएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले ५ हजार ७८५ मत प्राप्त गरेका छन् ।

Categorized in राजनीति