STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चिनिया राजदुत को जवाफ ,नेपालको सबैभन्दा ठुलो जलविधुत् आयोजना हामीले बनाएको हो ।

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ११, बुधबार

नेपालका उर्जामन्त्री वर्षमान पुन मगंलवार चिनियां राजदुत होउ यान्छी सगको भेटमा चिनियाँ कम्पनीको कामप्रति असन्तुष्टि भएको बताएका छन । पुनले कम्पनीको काममा ढिलाइ भइरहेको गुनासो पोखेका छन् । तर चिनिया राजदुत यान्छी जवाफमा हामीले नेपालको सबैभन्दा ठुलो जलविधुत् आयोजना हाम्रै कम्पनीले बनाएको हो भन्दै टिइटर मार्फत भनेका छन् । यान्छीले तयार भएको तामाकोशी जलविधुत् आयोजना को फोटो देखाउदै जवाफ फर्काएका थिए । यो चिनको सिनो हाइड्रो कम्पनीले बनाएका हुन् । पुनले अरु देशहरुमा चाहिं राम्रो काम र समयमै काम सिध्याइएको तर नेपालमा भने काम ढिलो भइरहेको बताउदै विज्ञप्तिमा लेखेका छन् । यहि जवाफमा चिनियाँ कम्पनीको काममा समस्या आइरहेको भनेका छन् , यहां भिषा समस्या, प्राकृतिक प्रकोप जस्ता समस्याले गर्दा काममा ढिलाइ भएको बताएका छन् । अहिले चिनियां कम्पनीले त्रिशुली थ्रि एको पहिलो ३० युनिट बिजुली उत्पादन सुरु भएपनि दोस्रो युनिटको काममा नेपाल सरकार असन्तुष्टि व्यक्त गरेको छ ।
Categorized in राष्ट्रिय